काठमाडौ । भ्रष्टाचारका विरुद्ध माइतीघर मण्डलामा कवि साहित्यकार कलाकारहरुले सिर्जना प्रस्तुत गरेका छन् । काव्य घर नेपाल मिडिया प्रालिको सयोजकत्वमा आईतबार काठमाडौस्थित माईतिघर मण्डलामा भ्रष्टाचार विरुद्ध कार्यक्रम सप्पन्न भएको हो ।
कार्यक्रममा एभरेस्ट न्युज टिभी, आरआर अनलाइन टिभी, नेपाल बोर्डर टिभी, फरक नेपाल डटकम काव्य घर नेपाल दमक झापा, पेरोल साहित्य प्रतिष्ठान नेपालको सहकार्य रहेको थियो ।
कार्यक्रममा साहित्यकारहरू ललिता दोषी, रश्मि रिमाल, उषा केसी भुवन शिवाकोटी चौघरे, मन्जिला अनिल, दिनानाथ घिमिरे ,बिजयधोज थापा, राजकुमार खड्गा, मनिला वन्त, बासुदेव ठकुरी, कुमार रिजाल अरुण कुमार गिरी, महेश्वर अधिकारी लगायत दुई दर्जनले आफ्नो प्रस्तुतिमार्फत भ्रष्टाचारविरुद्ध आन्दोलनको आव्हान गरेका थिए ।
काव्य घर नेपाल मिडिया प्रालिको संचालक सदस्य साहित्यकार पत्रकार रेणुका भट्टराईको संयोजकत्वमा भएको कार्यक्रममा सम्पुर्ण सर्जकहरुले सबैखाले भ्रष्टाचारका विरुद्ध अब नियमित लाग्नुपर्ने बताए ।