November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

कोपिला किताबको पाँच बालपुस्तक सार्वजनिक

1.5K

काठमाडौं । कोपिला किताबले पाँच बालपुस्तक सार्वजनिक गरेको छ । ‘टेल्स एण्ड लाइज’ शृङ्खलाअन्तर्गत विभिन्न लेखकले लेखेका बालपुस्तक बेखामान र राक्षस, साङ्केनको खुल्दुली, अन्नको बखान, कपासको घोडा र जन्तरमन्तर एकसाथ विमोचन भएका हुन् ।

पुस्तकहरु बुधबार नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहमा ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, थाङ फाउन्डेसनकी अध्यक्ष मार्लिन फिसर भरबुक, कथावाचक समाजका अध्यक्ष प्रा. डा. ध्रुवकुमार घिमिरे, नेपाल बाल साहित्य समाजका अध्यक्ष प्रमोद प्रधान, कार्टुनिस्ट क्लबका अध्यक्ष वासु क्षितिज र ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीद्धारा लोकार्पित भएको हो ।

‘बेखामान र राक्षस’ पुस्तक विक्रमभक्त जोशीले लेखेका हुन् । यसमा चित्रकार शोभितमान बनियाले चित्रांकन गरेका छन् । यस्तै ‘जन्तरमन्तर’की लेखक बिन्दु शर्मा हुन् भने त्यसमा चित्रकार एलिना छन्तेलको चित्रांकन छ । यसैगरी ‘कपासको घोडा’ बालपुस्तक इन्द्र चौधरीले लेखेका हुन् । यसमा चित्रकार प्रकाश रञ्जितको चित्रांकन छ ।

Advertisement

अर्को बालपुस्तक ‘अन्नको बखान’को लेखन भने जितेन्द्र बस्नेतले गरेका हुन् । यसमा चित्रकार सुमन महर्जनले चित्रांकन गरेका छन् । अर्को बालपुस्तक ‘साङ्केनको खुलदुली’की लेखक सिर्जना राई हुन् । यस पुस्तकमा चित्रकार सुरज राईले चित्रांकन गरेका छन् । सबै पुस्तकलाई बाल कथाकार अनुराधाले सम्पादन गरेकी हुन् ।