November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

फेसबुक स्ट्याटस लेख्दा लिम्बुवान नेता अपहरणमा

सुमन सहयात्री योङहाङ
२०८० जेष्ठ २

14K

झापा । झापाको बुद्धशान्ती गाउपालिका ४ का पुर्ण सुहाङ मिङ्सोलाई अपहरण भएको जाहेरी परेको छ । वैशाख ३१ गते राती ११ः३० बजेको समयदेखि बेपत्ता सुहाङको ३० घन्टा बितिसक्दा पनि केही सूचना प्राप्त हुन सकेको छैन ।

सामाजिक सञ्जालमा स्ट्याटस लेखेको निहुँमा बुद्धशान्ति गाउपालिकाका दिलकुमार लाबुङ (करण) भनिने लगायतका केही व्यक्तिहरूको समुहले सुहाङलाई ज्यान मार्ने धम्की दिइएको बताइएको छ । सोमबार दिउँसो धुलाबारी प्रहरी चौकीमा छोरा खोजी गरी दोषीहरूलाई कार्वाही गरि पाउ भनि सुहाङका बुबा खम्ब बहादुर सुहाङले किटानी जाहेरी दिएका छन् ।

किटानी जाहेरीमा भनिएको छ –“सुहाङले भ्रष्टाचारविरुद्ध आफ्नो सामाजिक सञ्जाल फेसबुकमा बुद्धशान्ती गाउपालिकामा शान्ति ¥याली गर्दा उक्त ¥यालीलाई समर्थन गर्दा मेरो छोराले स्ट्याटस लेखेको विषयमा मिति २०८० बैशाख ३१ गते रात्रि ११ः३० बजे बुद्धशान्ती ४ बस्ने दिलकुमार (करण) लाबुङ, नवराज लिम्बू, सुक्रराज लिम्बू र सुमन लिम्बु लगायत ८/९ जनाको समूहले मेरो घरमा आइ तेरो छोरा निकाल हामी तेरो छोरालाई मार्छौ भनी घरमा ढुङ्गामुढा गरी घरमा तोडफोड गरि ज्यान मार्ने धाक धम्की दिइएको उक्त जाहेरीमा उल्लेख गरिएको छ ।”

Advertisement

प्रदेश नम्बर १ पुनः नामाङ्कन तथा कोशी नाम खारेजीको आन्दोलन चलिरहेको अवस्थामा पहिचान पक्षधरहरू र पहिचान नचाहने पक्षधरहरू बिचमा सामाजिक, राजनीतिक र सांस्कृतिक रुपले विवादास्पद रहेको देखिन्छ भने प्रदेश १ को नामाङ्कनको बिसयले अझ जटिल बन्दै गइरहेको अवस्था छ । सुहाङलाई बुद्धशान्ति गाउँपालिका वडा न.४ को लिम्बुवान भोलेन्टियर्सको इन्जार्च र संयुक्त सङ्घर्ष समितिका ४ वडाका इन्जार्ज समेत रहेका छन् ।

बुद्धशान्ति वडा नम्बर ४ खन्युगैडा झोलुङ्गे पुलदेखि उनलाई बेपत्ता बनाइएको सुहाङका बुवाको भनाई रहेको छ । सुहाङ सम्पर्क बिहिन भएपछि मोबाइल समेत अफ रहेको छ । जसका कारण हाल सम्म परिवार र साथीभाइसँग सम्पर्क हुन सकिरहेको छैन । सोमबार जेठ १ गते निरन्तर स्थानीयहरूले खोजतलास गर्ने क्रममा कुनै पत्ता नलागेको र सुहाङले चड्ने मोटरसाइकल र चाबी खन्युगैडाको झोलुङ्गे पुलमै भेटिएको छ बताइएको छ ।

ईलाका प्रहरी कार्यालय धुलाबारीमा किटानी जाहेरीको निवेदन दिए सँगै प्रहरीले खोजी कार्य थालेको छ भने किटानी गरिएका दोषीहरूलाई प्रहरीले अझैसम्म पक्राउ गरेको छैन ।