November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

आफ्नै डकुमेन्ट्रीमा भावुक बने पराजित पोमु

3.6K

प्रकाश दिप्साली राई/नडाहा

शनिबार धरानको पुर्वेली होटल स्टारमा कवि पराजित पोमु आफ्नो कृति “मद्वारा मेरो निर्माण” का निम्ति मन्चमा बसे । त्यही बेला आयोजक कलरवले कविको परिचयात्मक डकुमेन्ट्री देखाए तब पराजित पोमु केही मुस्कुराए अनि भिडियोतर्फ फर्के र उनी भावुक बने अनि एकोहोरिएर हेरे आफ्नै कविता र कविताका अंश ।

शनिबारको गर्मीको दिन प्रचण्ड गर्मीका बिच यस्तै यस्तै चहलपहलबिच कवि पराजित पोमुको कविता कृति “मद्वारा मेरो निर्माण” माथि रस्साकस्सीका साथ वार्तालाभ भयो । सुदिप पाख्रीनले सन्चालन गरेको सो गरेको सो कार्यक्रममा दार्जिलिङ्गे कवि विशाल नाल्बोले कृति भित्रका कविता “हेलुक्वा” कविता वाचन पश्चात् वार्तालापमा मन्चमा उक्ले कवि चन्द्र गुरुङको सहजीकरणमा मुन्धुम कवि प्रदिप मेन्याङ्बो, डा. अस्मिता विष्ट र साथमा स्वयं कवि पराजित पनि । वार्तालापको क्रममा आफुले ५० को दशकबाट लेख्न सुरु गरेको बताउदै कवितामा जति चेत आयो उति नै कविता लेखन कठिन हुँदै जाँदोरहेछ भन्ने धारणा राखे । मुन्धुम कवि प्रदिप मेन्याङ्बोले पराजितको कविता बुझ्न मुन्धुम र लिम्बू मिथकहरूको ज्ञान हुदा थप सहज हुने बताए । कविताको दृष्टिले पराजितका कविताहरूले नेपालीमा कवितामा नयाँ रङ थपेको बताए । यस्तै अर्का वक्ता डा. अस्मिता विष्टले पराजितका कविताहरूले मुन्धुमप्रति आफ्नो चासो बढेको बताए । साथै यस्ता कविताहरूले नेपाली कवितामा नौलो पन थपेको बताए । फरकपन र अप्ठ्यारालाई हामीले अरु खोजतर्फ ध्यानाकर्षण गर्नु हाम्रो दायित्व रहेको बताइन् ।

Advertisement

वार्तालापमा आफ्नो अन्तिम धारणा राख्दै कवि पराजितले “हामीले कविता लेख्न र बुझ्नका निम्ति कम्तिमा हामीमाझ रहेका समुदायका सामान्य ज्ञान हुन आवश्यक छ । खोजकारिताले कवितालाई अरु मजबुत बनाउने बताए । सो वार्तालापमा कविले बिरेन सुब्बा र सन्जु साम्पाङले कृतिभित्रका कविता वाचन गरेका थिए ।

कार्यक्रममा आफ्नो धारणा राख्दै वरिष्ठ कवि बम देवानले सुन्दर कविताहरू नेपाली कवितामा ल्याएकोमा कवि पराजित पोमुलाई धन्यवाद दिए । कविले सिङ्गो ब्रमान्डलाई प्रेम गर्छन् । “कविता समाज र समुदायको औषधि हो । कविहरू समाजलाई स्वस्थ, तन्दुरुस्त राख्न चाहन्छन् र नै कविहरू जीवन्त बन्दछन् । कवि पराजित पोमुको कविताहरू भाषा, संस्कार र संस्कृति थिल्थोलो हुँदै गएको बेला “मद्वारा मेरो निर्माण” ओखती बनेको छ । यसर्थ कवि पोमुलाई बधाई छ ।”