November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

फोनिज प्रदेशको आयोजनामा दुई दिवसीय अभिमुखिकरण कार्यक्रम हुँदै

2.4K

इटहरी । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ(फोनिज) कोशी प्रदेशले दुई दिवसीय अभिमुखिकरण कार्यक्रमको पहिलो दिन सकिएको छ ।

इटहरी उपमहानगरपालिकाको सहयोग तथा महासङ्घको आयोजनामा शनिबारदेखि इटहरीमा ‘मल्टिमिडिया र पत्रकारिता’ विषयक २ दिने अभिमुखिकरण गोष्ठी सुरु भएको हो ।

कार्यक्रममा सुनसरी, मोरङ, झापा, उदयपुर र धनकुटाका पत्रकारहरुको सहभागिता रहेको छ ।

Advertisement

गोष्ठीमा आवर विराटनगर डट नेटका संचालकद्वय सरोज कार्की र मोहम्मद जाकिर राजाले सहजीकरण गरेका थिए ।

गोष्ठीको उद्घाटन सत्रमा महासङ्घका संघीय उपाध्यक्ष कमन देवान, सदस्यद्वय सुजता निङ्लेकु, भक्तशेर लिम्बू, प्रदेश सल्लाहकार भोजराज श्रेष्ठ, जिल्ला सल्लाहकारद्वय धिरेन्द्र चौधरी, सुकदेब चौधरी, धनकुटा अध्यक्ष बिनु चेम्जोङ, नेपाल पत्रकार महासङ्घ सुनसरी अध्यक्ष जनकऋषि राई, राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घ प्रदेश अध्यक्ष माया राईलगायतले बोलेका थिए ।