झापा । नेपाल फोटो पत्रकार महासंघ झापाको वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनबाट अध्यक्ष इन्द्रजीत मुखिया उपाध्यक्ष विष्णु लामिछाने, सचिव नरेश खरेल, कोषाध्यक्ष शरद जोशी, सहकोषाध्यक्ष भारती राई चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा लोकेश अधिकारी, विगम श्रेष्ठ, विष्णुकुल श्रेष्ठ र दिपेन्द्र कटुवाल रहेका छन् ।
नेपाल फोटो पत्रकार महासंघ झापाका अध्यक्ष कमलप्रसाद पाण्डे (बिनोद)को अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सदस्य अमित खम्बुले स्वागत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि प्रसाई, नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी, बिर्तामोड–२ का वडाध्यक्ष किशोर पौडेल, नेपाल आदिबासी जनजाती पत्रकार महासंघ (फोनिज) झापाकी अध्यक्ष भुमिका सुब्वालगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा नेपाल खेलकूद पत्रकार मञ्च झापाको अध्यक्षमा निर्वाचित महासंघका उपाध्यक्ष इन्द्रजीत मुखिया र हिम्लुङ हिमाल आरोहण गर्ने महासंघका शरद जोशीलाई सम्मान गरिएको थियो ।
सोही कार्यक्रममा बिर्तामोड नगरपालिकाको सहयोगमा फोटो पत्रकारिता तालिमसमेत प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन महासंघका सचिव बिष्णुप्रसाद लामिछानेले गरेका थिए ।
