काठमाडौं । भाषा आयोगका सदस्य डा. पुष्करराज भट्टले साहित्य तिथिमिति बिनाको इतिहास भएको बताए । कथाकार राममणि पोखरेलको कथासंग्रह नरेम्पा काकाको विमोचनपछि बोल्दै डा. भट्टले त्यति बेलाको साहित्य पढ्यो भने तत्कालीन अवस्थाको समाजको इतिहास थाहा हुने बताए ।
उनले राममणि पोखरेलका कथाहरुमा पूर्वी नेपालको समाजको आर्थिक सामाजिक र सांस्कृतिक पाटोहरु झल्कने भन्दै नेपाली प्रगतिवादी साहित्यमा उहाँको कृतिले थप इँटा थपेको बताए ।
समाजमा विद्यमान आर्थिक सामाजिक सांस्कृतिक शोषणकाविरुद्ध साहित्य सृजनामार्फत पोखरेलले विद्रोह गरेको भन्दै डा. भट्टले पोखरेल समाज राजनीति र साहित्यको त्रिवेणी भएको बताए ।
राष्ट्रिय जन सांस्कृतिक महासंघ समाजवादीको पाँचौं पूर्ण बैठकको भेलामा नेकपा एकीकृत समाजवादीका मोर्चा फाँट उपप्रमुख भविसोर पराजुली सहितका नेताहरुले पुस्तकको लोकार्पण गरेका थिए।