ताप्लेजुङ । युमा साम्यो महासभा ताप्लेजुङ जिल्लाको प्रथम ऐतिहासिक अधिवेशन बैशाख २५ गते सम्पन्न भएको छ । अधिवेशनले भवानी पालुङ्वाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति र ११ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षत्रयमा सनिता पालुङ्वा, रण बहादुर माबोहाङ, राजमाया पुङलाइङ सावादेन, सचिवमा हाङमाया लेछर्बो, सहसचिवमा शेखर तुम्बाहाङ, कोषाध्यक्षमा रूपा फुरुम्बो, सहकोषाध्यक्षमा सुनिता थोप्रा र सदस्यहरुमा फूलमाया थोप्रा, तारा बेघा पालुङ्वा, छत्र माबोहाङ, तेजहाङ लिम्बू, दल बहादुर इजम, भिमबहादुर मायुथाक, सुकमाया ताप्मादेन, दिपेन्द्र ताप्मादेन, राज बहादुर यङयाङ, मोहन थलङ, मन्जिता साँवा, एलिसा लिम्बू, र मदन काम्बाङ्ग रहेको छन् ।
सल्लाहकार समितिमा सुरेश चङबाङ, भद्र बखिम, सुक बहादुर ताप्मादेन, लक्ष्मण मेन्याङ्बो, बि.के. थलङ, बाल कुमार फुरुम्बो. काजीमान पालुङ्वा, कुमार सुब्बा, आइत खजुम,. भक्त तबेबुङ र सन्च बहादुर फुरुम्बोलाई चयन गरेको छ ।