तेह्रथुम । याक्थुङ निछाम्सा चुम्भो (लिम्बू विद्यार्थी मञ्च)को १० औं राष्ट्रिय महाधिवेशन तेह्रथुममा सम्पन्न भएको छ । महाधिवेशनले नितेश सिंगकको अध्यक्षतामा नयाँ नेतृत्वमा नयाँ समिति निर्माण भएको छ ।
मञ्चको वरिष्ठ उपाध्यक्षमा रामकुमार लिम्बू, उपाध्यक्षहरुमा सागर सरगम चेम्जोङ, रेखा लावती, महासचिव प्रदिप नेयोङ याक्थुङ्बा, उपमहासचिव श्री लिङ्खिम, सचिवहरु मेरिना लिम्बू, मनु मावो र कोषाध्यक्ष सृष्टि खापुङ चयन भएका छन् ।
सदस्यहरुमा भूमिका सम्बाहम्फे (इलाम), मनोज साँवा (इलाम), युन्छोहाङ आङ्देमबे (पान्थर), उर्मिला लिम्बू सिंगक (तेह्रथुम), लासेमी मादेम्बा (तेह्रथुम), उदिप लिम्बू लावती (सुनसरी), यसोदा थक्लुङ (सुनसरी), कुरुण फुरुम्बो (ताप्लेजुङ), शोभा साउदेन (ताप्लेजुङ) छन् ।
३५ सदस्यीय केन्द्रीय समितिमा १२ जिल्लाबाट सिफारिस र केन्द्रीय समितिबाट ३ जना मनोनित हुने भएको छ ।