November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

सिरिजङ्गा लिपीको अनलाइनमार्फत आधारभूत कक्षा सञ्चालन हुने

2.3K

कोरिया । किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको आयोजनामा सिरिजङ्गा लिपीको अनलाइनमार्फत आधारभूत कक्षा सञ्चालन गर्ने भएको छ ।

याक्थुङ् पान हु–सिङ् जुम अनलाइनमार्फत आधारभूत कक्षा अल्पनाइन युनिभर्सिटी सिक्किमका प्रा. कर्णहाङ ताम्लिङद्वारा मे महिनाको २१ तारिख आइतबारदेखि सञ्चालन हुने भएको हो ।

कक्षा विश्वभरबाट निःशुल्क रुपमा सहभागिता जनाउन सकिने आयोजक संस्था कियाचु दक्षिण कोरियाले जनाएको छ ।

Advertisement