November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

उभौली पर्व वैज्ञानिक र प्रगतिशीलः प्रधानमन्त्री प्रचण्ड

1.5K

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उभौली पर्व कृषिप्रधान मुलुकका लागि प्रेरणादायी र सन्देशमूलक रहेको बताएका छन् । शुक्रबार किरातहरूको महान् पर्व उभौलीको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले यस्ता पर्वहरू वैज्ञानिक र प्रगतिशील रहेकोसमेत बताएका हुन् ।

शुभकामना पत्रमा भनिएको छ, ‘कृषि युगमा प्रवेश गरेपश्चात् प्रचलनमा आएको उभौली पर्व हाम्रोजस्तो कृषिप्रधान मुलुकका लागि थप प्रेरणादायी र सन्देशमुलक छ । प्रकृतिलाई खुसी तुल्याएर भूमिबाट बढीभन्दा बढी लाभ लिने परम्परा संस्कृतिका दृष्टिले मात्र नभएर समृद्धि र विकासको चेतबाट समेत वैज्ञानिक र प्रगतिशील देखिन्छ ।’

प्रधानमन्त्री प्रचण्डले उधौली पर्व किरात समुदायका साथै उत्पादनशील चेतका समस्त नेपालीहरूकोसमेत पर्वको रूपमा स्थापित हुँदै गएको पनि बताए ।

Advertisement

उनले संविधानले सबै वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको पहिचान र अधिकारको संवैधानिक व्यवस्था गरेको पनि बताएका छन् । ‘संविधानमा व्यवस्था भएबमोजिमका अधिकारको प्रगतिशील कार्यान्यवन आजको हाम्रो मुख्य दायित्व हो । यही यथार्थलाई आत्मसात गर्दै वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र संविधानको कार्यान्वयनमा दृढतापूर्वक अगाडि बढिरहेको छ । सरकारको यस प्रयासमा सम्पूर्ण जनसमुदायको साथ र सहयोग रहने मैले विश्वास लिएको छु’, भुमकामना पत्रमा भनिएको छ ।