काठमाडौँ । लिम्बू विद्यार्थी मञ्च, काठमाडौंको सातौ अधिवेशन वैशाख २१ गते काठमाडौँमा सम्पन्न भएको छ ।
अधिवेशनले बिमल साँवा लिम्बूको अध्यक्षतामा २१ सदस्यीय समिति निर्माण भएको छ । समितिको उपाध्यक्ष सुवास कुरुम्बाङ लिम्बू, आशिका लिम्बू, मकुस यक्सो लिम्बू, सचिव विवेक आङ्बो लिम्बू, सहिसचिव सुजन फेम्बु लिम्बू, समिर पन्धाक, कोषाध्यक्ष मुना पालुङ्वा रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा रोशन खापुङ लिम्बू, क्युमिन साम्याङखाम, एलिजा तुम्बापो, जेम्स लिम्बू, नामओती साउदेन लिम्बू, मोनिका आङ्थुपो थेबे, रोमिका लिम्बू, दिवा लिम्बू पवन हाङ्गाम, सारिका लिम्बू, सन्तकुमार कुरुम्बाङ लिम्बू, प्रिन्सा कुरुम्बाङ लिम्बू, समिक्षा आङ्बुहाङ रहेका छन् ।
मञ्चका केन्द्रीय अध्यक्ष दीपा लक्समको उपस्थितिमा काठमाडौँ शाखाको अधिवेशन गरिएको हो । मञ्चको केन्द्रीय महाधिवेशन वैशाख २५, २६ र २७ गते तेह्रथुमको म्याङलुङमा हुँदैछ ।