दमक । किर्ते गरी नक्कली जग्गाधनी दर्ता प्रमाण पुर्जा तयार पारी रकम ठगी गरेको घटनामा संलग्न रहेको अभियोगमा मेचीनगर नगरपालिका–६ बस्ने ७३ वर्षीय ज्ञानबहादुर गिरी पक्राउ परेका छन् । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार मेचीनगर नगरपालिका–६ मेचीडाँडास्थित ऐलानी जग्गाको जग्गा धनी प्रमाण पुर्जा उपलव्ध गराई दिने भनि मेचीनगर नगरपालिका–६ बस्ने ७५ वर्षीय भुपध्वज दाहाल र ज्ञान बहादुर गिरी लगायतले विभिन्न मितिमा निवेदकहरूसँग १० हजारदेखि ७० हजार रूपैयाँसम्म रकम लिई निवेदकहरूको फोटो टाँसिएका रातो मसीले सहीछापसमेत गरी नक्कली जग्गा धनी दर्ता प्रमाण पुर्जा तयार पारेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न थियो ।
ईलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न ज्ञान बहादुर गिरीलाई पक्राउ गर्नुका साथै हाल फरार भुपध्वज दाहालको खोजी गरिरहेको जनाएको छ ।
ज्ञान बहादुर उपर जिल्ला अदालत झापाबाट म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान गरिरहेको जनाएको छ ।
