विराटनगर । नेपाल दलित मुक्ति मोर्चा, प्रदेश समिति, प्रदेश नं. १ को प्रथम सम्मेलन भएको छ ।
सम्मेलनले हुकुमसिं नेपालीको अध्यक्षतामा १७१ सदस्यीय समितिको चयन भएको छ । जसको उपाध्यक्ष शर्मिला वि.क., दिल बहादुर रामदाम, सचिव बबिन्द्र रसाइली, सह–सचिव प्रकाश परियार, रत्न रम्तेल, मिलन चाहार र कोषाध्यक्ष झनक वि.क. रहेका छन् ।

वैशाख १३ गतेका दिन धरानस्थित लाङघाली सामुदायिक वन उपभोक्ता समितिको सभाहलमा सम्पन्न नेपाल दलित मुक्ति मोर्चा प्रथम प्रदेश सम्मेलन सम्पन्न भएको थियो ।
