मोरङ । कालिका माध्यमिक विद्यालय मिक्लाजुङ ३ मोरङमा अध्ययनरत १४ वर्षीया बालिकालाई कुटपिट गर्ने १३ बालिकाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
बैशाख ६ गते १२ः३० बजे विद्यालय समयमा सोही ठाँउ बस्ने र सोही विद्यालयमा अध्ययन गर्ने १३ जना बालिकाहरुले संगठित रूपमा कुटपिट गरी भिडियो समेत बनाएका थिए ।
भिडियो समाजिक संजालमा सम्प्रेषण गरेको जानकारी ईलाका प्रहरी कार्यालय उर्लाबारीमा प्राप्त हुनासाथ घटनामा संलग्न ब्यक्तिहरूलाई पक्राउ गर्न टोली परिचालन गरिएको थियो ।
बैशाख ११ गते नियन्त्रणमा लिई मोरङ जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग सम्बन्धी कसूरमा ५ दिन म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
पीडित बालिकाको हाल विर्तामोङ बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।
