ताप्लेजुङ । मैवाखोला गाउँपालिकामा चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक समिक्षा सम्पन्न भएको छ ।
अघिल्लो कार्यकालमा यसरी समिक्षा नगरेको तर स्थानीय निर्वाचन २०७९ बाट निर्वाचित भएयता गाउँपालिकामा प्रारम्भदेखि नै शुरु गरेर निरन्तरता दिएको पालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिएका छन् ।
पालिकास्थित सबै वडा कार्यालय र विषयगत शाखा मार्फत संचालित कार्यक्रमहरुको समिक्षा गरिएको अध्यक्ष वनेमले बताए ।
समिक्षाका क्रममा प्राय आयोजनाहरु समयमै सम्पन्न हुने चरणमा रहेको निष्ककर्ष निकालिएको र भौतिक पुर्बाधार तर्फ ६५% आयोजनाहरु सम्पन्न भएको जनाइएको छ । ३४.७८% आयोजनाहरुको निर्माण कार्य भइरहेको पनि समिक्षामा आएको थियो ।

“सबै शाखाहरुले आफ्ना कार्यक्रमहरुलाई तिब्रतापुर्बक काम गरिरहेका छन् । गाउँपालिकाको कुल बजेटको चालू तर्फ र पुजिगत गरि जम्मा ५३.१४% बित्तीय प्रगति भएको छ । हामीले जेठ मसान्तसम्ममा सबै कामहरु सम्पन्न गर्नुपर्नेछ । त्यसका लागि हाम्रो सम्पुर्ण टिम एकताबद्ध भएर लाग्नुछ । सकारात्मक परिणाम निकाल्न मेहेनत गर्नुहुने सबै कर्मचारी साथीहरू र जनप्रतिनिधि सहकर्मीहरुप्रती हार्दिक आभार व्यक्त गर्दछु ।” अध्यक्ष वनेमले फेसबुकमा लेखेका छन् ।
