विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष आदिवासी जनजाति आयोगका आयुक्त शरणकुमार राईको नेतृत्वमा तेश्रो वार्षिक प्रतिवेदन पेश भएको छ ।
नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम प्रतिवेदन पेश भएको हो ।
प्रतिवेदन पेश गर्दै आयोगका आयुक्त शरणकुमार राईले प्रतिवेदनमाथि छलफल गरी संसदबाट सम्बोधन हुनुपर्नेमा जोड दिएका थिए ।
प्रदेश प्रमुख परशुराम खापुङले मुलुक बहुभाषी, बहुधर्मी, बहुसांस्कृतिक रहेको कुरा नेपालको संविधानले पनि स्वीकारीसकेकोले उठेका आवाज पक्कै पनि सम्बोधन हुनेमा आशावादी रहेको बताए ।
