झापा । युमा साम्यो महासभा, नेपाल झापा जिल्ला समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले सुरजविक्रम लक्समको नेतृत्वमा १८ सदस्यीय समिति चयन गरेको छ । जसको उपाध्यक्षमा भवानीविक्रम चेम्जोङ(शिवसताक्षी), कुलबहादुर थलङ (भद्रपुर), सचिव पूर्ण सुहाङ (बुद्धशान्ति), सहसचिव सैलेन मेन्याङ्बो (विर्तामोड), कोषाध्यक्ष प्रेम इजम (चाराली) सहकोषाध्यक्ष चन्द्रकला साँवा (मेचीनगर इटाभट्टा) छन् ।

सदस्यहरूमा अरुणा योङहाङ(दमक), पवन थलङ(बुद्दशान्ति), अमर योङहाङ(हल्दीबारी), पवित्रा लक्सम(शिवसताक्षी), गजुहाङ योङहाङ(बुद्दशान्ति), मकरजङ इजम(मेचीनगर), डम्बरबहादुर लक्सम(केर्खा), तेजबहादुर कन्दङ्वा(धाइजन), बीरबहादुर चेम्जोङ(दमक), बुद्दराज लक्सम, चन्द्रबहादुर योङ्या रहेका छन् ।
