November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

झापामा पहिचानवादीहरुद्धारा मुख्यमन्त्री हिक्मत कार्कीको पुत्ला दहन

2.1K

दमक । झापामा प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीको पुत्ला दहन गरिएको छ । पहिचान पक्षधरहरले आइतबार हल्दीवारीमा ‘फराक्लो तथा वंश गद्दार घोषणा कार्यक्रम’को आयोजना गरी मुख्यमन्त्री कार्कीको पुत्ला दहन गरेका हुन् ।

‘हिक्मत कार्की मुर्दावाद’, ‘पहिचान विरोधी होसियार’ भन्ने नारासहित आन्दोलनमा सहभागी पहिचान पक्षधरहरुले शंख फुक्दै ‘राम नाम सत्ते हो’ जप्दै कार्कीको पुत्ला दहन गरेका थिए ।

कार्यक्रममा युवानेता एबी पालुङ्वा, लिम्बुवान मञ्चका प्रतिनिधि ज्ञानबहादुर ईम्बुङ, किरात याक्थुङ् चुम्लुङ् झापाका अध्यक्ष सेसेहाङ् फ्याक, कैदी मावो, बिष्णु योङ्हाङ, ध्रुब मावो, गीता राई, सामी पालुङ्वा लगायतको उपस्थिति रहेको थियो ।

Advertisement

उक्त पुत्ला दहन कार्यक्रममा आफ्नो कुरा राख्दै लिम्बुवान नेता सन्जुहाङ पालुङ्वाले ८२ जना सभासदहरुसँग आफूहरुको अब कुनै सम्बन्ध नरहेको बताए ।

पहिचानबादीहरुको उपस्थितिमा ८२ जना सांसदहरुको ‘फराक्लो’ समेत गरेका छन् । ‘हाम्रो कोचे÷मेचे, राई, लिम्बु, किरात, खम्बु जम्मैले हाम्रो पहिचान बचाइदेउ भन्यो, तर यिनीहरुले सुनेन् । केहि गर्दा सुनेन्, अब उप्रान्त यि हाम्रा संस्कार पहिचान मास्नेहरुलाई हाम्रो पहिचान र संस्कृति नचाहिँने÷छोडिसकेको हुँदा, गोत्र पनि फेरेर कौशिकी ऋषी गोत्र ग्रहण गरिसकेको हुँदा आज उप्रान्त वहाँ र हाम्रो वंशबीचको फरक भयो है…। अब उनीहरु खेःमा यङ्सङ् भए, हामी मानव यङ्सङ् भयौं । त्यसैले हामीबिच भेट हुनु हुँदैन है..!’ भन्दै जनजाति समुदायका सांसदहरुसँगै ८२ सांसादहरुको फराक्लो गरेका हुन् ।