November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

सि.एम.कन्दङ्वा स्मृति कोषद्वारा ३ जना सम्मानित

1.9K

मोरङ । मोरङको पथरीशनिश्चरे—१ मा स्थापित सि.एम.कन्दङ्वा स्मृति कोषद्वारा नेपाली भाषा, साहित्य संगीत र पत्रकारिता क्षेत्रमा कार्यरत तीन जनालाई नगदसहित सम्मानित भएका छन् ।

नेपाली साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराईलाई नगद १ लाख १ हजारसहित ‘सि.एम.कन्दङ्वा विशिष्ट राष्ट्रिय प्रतिभा सम्मान—२०७९’, पत्रकार अर्जुन जम्नेली राईलाई ११ हजारसहित ‘सुशिला कन्दङ्वा पत्रकारिता राष्ट्रिय सम्मान—२०७९’ र दार्जिलिङ भारतमा जन्मिएर नेपालमा सांगीतिक क्षेत्रमा लागिरहेका अनिल फागो लिम्बू ५१ हजार नगदसहित ‘सि.एम.कन्दङ्वा युवा राष्ट्रिय प्रतिभा सम्मान—२०७९’बाट सम्मानित भएका हुन्

पथरीशनिश्चरे—१ स्थित एभरेष्ट अंग्रेजी आवासीय माविद्वारा सञ्चालित कोषले बुधबार राष्ट्रिय प्रतिभा सम्मान कार्यक्रमको आयोजना गरी ताम्रापत्र, नगद र दोषल्ला ओढाएर सम्मान गरिएको हो । कार्यक्रमको प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति भुपाल राईको हातबाट सम्मान गरिएको थियो ।

Advertisement

उहाँहरुलाई सि.एम.कन्दङ्वा स्मृति कोष सञ्चालक समितिको अध्यक्ष डा. रामनारायण कन्दङ्वा, उपाध्यक्ष रबिन कन्दङ्वा, संरक्षक दिनेश कन्दङ्वा, पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापो, समालोचक दधीराज सुवेदीलगायतबाट दोसल्ला, सम्मानपत्र र नगद प्रदान गरिएको थियो । झापा दमक १ स्थायी बसोबास भएका सम्मानित गोविन्दराज भट्टराईले ६५ भन्दा बढी कृतिहरु प्रकाशित भएको छ ।