November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

हामी नेपाली ग्लोबलको प्रतिनिधि मन्त्री किरातीसँग

1.6K

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग ‘हामी नेपाली ग्लोबल अर्गनाइजेशन अमेरिका’को प्रतिनिधिहरूले भेट गरेको छ ।

बुधबार सिंहदरबारस्थित मन्त्रालयमा अर्गनाइजेशनका अध्यक्ष अमृत लामासहितको टोलीले मन्त्री किराँतीसँग भेट गरी नेपालको पर्यटन व्यवसायलाई कसरी अमेरिकाबाट पनि प्रबर्द्धनमा सहयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको छ ।

अर्गनाइजेशनको उद्देश्य भनेको नेपाल र नेपालीलाई सहयोग गर्ने रहेको छ । विश्वभरि छरिएर रहेका नेपालीहरूलाई गोलबन्द गरेर नेपालको हितमा काम गरिने अध्यक्ष लामाले बताए ।

Advertisement

अर्गनाइजेशनको ४० देशमा देशमा कार्यसमिति छ । यो संस्था राजनीति, धर्म, जातिभन्दा बाहिर रहेको छ । अर्गनाइजेशनले भूकम्प र कोरनाका बेला नेपालमा धेरै सहयोग गरेको यस अर्गनाइजेशनले अब नेपालमा पूर्वाधार पर्यटन र शिक्षामा लगानी गर्न खोजेको छ ।

भेटमा अर्गनाइजेशनका अध्यक्ष अमृत लामा, अन्तर्राष्ट्रिय बोर्डका सदस्य गंगाराज पौडेल, नेपाल च्याप्टरकी प्रमुख उमा तामाङ, नेपाल च्याप्टरका महासचिव मनीष चौधरी, नेपालका सहयोगी नवीन शाही लगायतको उपस्थिति थियो ।