क्वालालम्पुर । युमा साम्यो महासभा समिति मलेसियाको चौथो अधिवेशन सप्पन्न भएको छ । अधिवेशनले ईन्द्रकुमार आङबुहाङको अध्यक्षतामा ४८ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
समितिको वरिस्ठ उपाध्यक्षम महेन्द्र यक्सो, उपाध्यक्षमा गीता वनेम, शान्तिराम इङनाम चयन भएका छन् भने महासचिवमा सुमन येक्तेन, मनोज कुरुम्बाङ, कोषाध्यक्षमा साउदेन र सहकोषाध्यक्षमा निर्मल साउदेन चयन भएका छन् ।
यस्तै समितिको सदस्यहरूम सन्तोष माबुहाङ, हर्क तुम्बाहाङफे, दिपक साउदेन, चन्द्र सुहङ, पदम लिम्बु, मानवीर नेम्बाङ, कुमार आङदेम्बे, असल साउदेन, रामकुमार पालुङवा, दिनेश फ्याक, भिम लिङदम, बिशाल सेम्बु,नगेन्द्र यक्सो, विकास माबो, आकाश लिम्बू, दिल कुमार साँबा, बिनिता लिम्बू, पुजा कङलिवा, सुनिता चेम्जोङ्, तुला नेयोङ, वीरबहादुर लिवाङ, सुनिता जवेगु, सानुमाया सेनेहाङ, सुमित सेनेहाङ, विकास माबो, कापोबा चुम, उमा खजुम, प्रकाश साँबा, हिमाल लिम्बु, सन्तकुमार सिङघक, भिम इवारम थेबे, इसाम वाजी र भिम लिङदम निर्वाचित भएका छन् ।

यसैगरी समितिको सल्लाहकारहरूमा, इन्द्र लुम्फुङवा, अटल सेनेहाङ्, कमल काम्बाङ,अमर थेगीम र रवि पालुङवा चयन भएका छ्न भने महासभाको संस्थापक पेशल माबुहाङ् र संरक्षक भरत केदेम रहेका छन् ।
समितिका अध्यक्ष भरत केदेमको सभापतित्व र गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका अध्यक्ष बिनोद थापाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा भाग्यशाली उपहार आयोजना पनि गरिएको थियो । जसको प्रथम पुरस्कार बुद्धराज योङहाङको रसिद नम्बर ०५३९ ले सुनको सिक्री प्राप्त गरेका छन् भने दोस्रो पुरस्कार मानवीर नेम्बाङको रसिद नम्बर ०९३० ले एलसिडी टिभी, तेस्रो पुरस्कार सुनिता तामाङको रसिद नम्बर ०५४१ ले ओप्पो मोबाइल एकथान, चौथो पुरस्कार अटल सेनेहाङको रसिद नम्बर०५९३ ले टर्च लाइट र पाचौं पुरस्कार मोहन न्यौपानेको रसिद नम्बर ०७१६ ले उपचार जितेको थियो ।

कार्यक्रममा खुल्ला भाग्यशाली चिट्ठा उपहार तथा नवनिर्वाचित कार्यसमितिलाई शुभकामना आदानप्रदान गरिएको थियो ।
याक्थुङ् जातीको विभिन्न साँस्कृतिक प्रस्तुतिसहित मलेसियाको केएलमा आइतबार सम्पन्न कार्यक्रममा बोल्दै एनआरएनए अध्यक्ष थापाले कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिएका थिए । उनले विशेष मलेसियामा रहेका नेपालीहरुको हकहित र सुरक्षाको लागि एनआरएनए मलेसियासँग जोडिन आग्रह गर्दै नवनिर्वाचित पदाधिकारीहरुलाइ बधाई तथा शुभकामना पनि दिएका थिए ।
