November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

फालेलुङमा अवस्थित कालीखोला खानेपानी मुहानको विवाद साम्य

1.2K

पाँचथर । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद साम्य भएको छ । आइतबार फालेलुङ वडा नं. ३ को कार्यालयमा भएको आमभेलाको बृहत् छलफलद्वारा किनारा लागेको हो ।

हिलिहाङ गाउँपालिका सुभाङ (बृहत पम्पिङ)खानेपानी तथा सरसफाइ समिति अध्यक्ष तथा प्रदेश संसद कमल प्रसाद जबेगुको उपस्थितिमा सुभाङ (बृहत् पम्पिङ) खानेपानी उपाध्यक्ष वीरबहादुर यवा, समिती सचिव, पाँचथर जिल्ला खानेपानी डिभिजन प्रतिनिधि, फालेलुङ पालिका प्रमुख वीरविक्रम थाम्सुहाङ, ३ नं. वडा कार्यसमिति, सरोकारवालासंघसंस्थाहरु, छ वटै टोलविकास संस्थाका प्रतिनिधिहरु करिब १२० जनसहभागिताको उपस्थितिमा दुबै पक्षको घनिभुत छलफल पश्चात् को निर्णय सर्वसहमत पारित भएको थियो ।

वर्डाकार्यसमितिले समग्रमा फालेलुङ–३ को तर्फबाट प्रदेश नं.–१ संसद कमल प्रसाद जबेगुलाई वडा कार्यालयमा स्वागत गर्दै २०७९ को बिदाइ तथा नववर्ष २०८० सालको शुभकामना आदानप्रदान भएको थियो ।

Advertisement