November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

प्यूठान-काठमाण्डौ सम्पर्क मञ्चको अगुवा कार्यकर्ता भेला सम्पन्न 

1.5K

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) प्यूठान- काठमाण्डौ सम्पर्क मञ्चको अगुवा कार्यकर्ता भेला काठमाडौंमा सम्पन्न भएको छ ।

नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालको प्रमुख आतिथ्यमा सम्पन्न अगुवा कार्यकर्ता भेलामा पार्टी  केन्द्रीय  कमिटी  सदस्य कल्पना माण्डब्य, सम्पर्क विशेष परदेश  कमिटीका उपसचिव केशर अधिकारी  लुम्बिनी  सम्पर्क कमिटीका अध्यक्ष  विद्याराज पाण्डेय, प्यूठान जिल्ला अध्यक्ष भोजबिक्रम बूढा मगर, अनेम संघ केन्द्रीय सदस्य बबिता गमाल, अनेरास्ववियू केन्द्रीय कमिटी सदस्य बिक, घर्ती लगायत नेताहरुले सम्बोधन  गरेका थिए। 

उक्त  भेलामा  प्यूठान मल्लरानी १ र माण्डबी ४ बाट झबिलाल राहु मगर र नवीन कक्षपतिको पहलमा ९ जना युवाहरू पार्टी प्रवेश गरेका छन् ।

Advertisement

विभिन्न पार्टी र स्वतन्त्र गरी ९ जना व्यक्तिहरू नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।नव प्रवेशीहरूलाई प्रमुख अतिथिबाट अबिर माला लगाएर  स्वागत गरिएको थियो ।

पार्टी प्रवेश गर्नेहरूमा एलबी थापा मगर (एमाले)बाट, प्रकाश सुनुवार (राजमो) बाट, विशाल सुनुवार, अजित सुनुवार, सचिन सुनुवार, सन्तोष गमाल मिस्नु सुनुवार, विजय श्रेष्ठ (स्वतन्त्र) बाट थिए ।

भेलाले सम्पर्क मञ्चमा केही सदस्यहरू थपसमेत गरेको छ । थप गरिएका सदस्यहरूमा अजित सुनुवार, बिशाल सुनुवार, सचिन सुनुवार विजय श्रेष्ठ, लालबहादुर थापा मगर  छन् । मनोनित सदस्यहरूलाई कल्पना माण्डव्यले शपथ गराएका थिए। लुना रिजालको अध्यक्षतामा भएको उक्त भेलाको सञ्चालन मञ्चका सचिव ओमबहादुर पुनले गरेका थिए ।