November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

लिम्बू महासभा असमका पदाधिकारी तथा सदस्यहरुको सपथ

1.5K

असम । लिम्बू महासभा असमका पदाधिकारी तथा सदस्यहरुले सपथ लिएका छन् । गत जनवरी २८ र २९ तारिखका दिन शोणितपुर जिल्लाको गोरमारामा सम्पन्न सम्मेलनले लखी खापुङको सभापतित्वमा नयाँ समिति निर्माण भएको थियो । त्यस समितिले आज डिब्रुगढ जिल्लामा आयोजित एक कार्यक्रममा सपथ गराइएको हो ।

जसमा कार्यकारी अध्यक्ष उदय सिंह लिम्बु, उपसभापति कुमार सिंह तेम्बे, विक्रम नाल्बो, वृन्दा तुम्बाङ्फे, पुरुषोत्तम तुम्बाहाङ्फे, कृष्ण सुब्बा, महासचिव इश्वर कान्दङ्वा, सचिव गणेश ताम्लिङ, प्रेमराज लाबुङ र भीम नेयोङ रहेका छन् ।

त्यसैगरी आयोजक सचिवमा लाल साम्बा र यमप्रसाद सुब्बा, प्रचार सचिवमा टेकराज कन्दङ्वा, कुमार थेगुवा, शिक्षा सचिवमा आशिष लिम्बु छन् । सांस्कृतिक सचिव झमक सुब्बा, पत्रिका सचिव राजकुमार सेनी छन् ।

Advertisement

कार्यकारी सदस्यहरू १० जना रहेका छन् भने सल्लाहकारमा ५ जना रहेको सभापति लखि खापुङले जानकारी दिएका छन् ।