काठमाडौं । साहित्यकार देवशंकर पौडेलको ’थातथलाका कथाहरू’ विमोचन गरिएको छ । शुक्रबार एक समारोहबीच पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पुस्तकको लोकार्पण गरेका हुन् ।
पुस्तक लोकार्पण समारोहमा बोल्दै नेता नेपालले राजनीतिक व्यक्तित्व समेत रहेका पौडेलका कथामा जनश्रुतिका महत्वपूर्ण अभिलेख भएको बताए।
रामेछापका पूर्व सांसद तथा पूर्व मन्त्रीसमेत रहेका पौडेलबाट धेरै कुरा सिक्नुपर्ने भन्दै अध्यक्ष नेपालले श्रुतिपरम्पराको विशिष्ट अभिलेख थातथलाका कथाहरू भएको बताए । उनले यस्ता काममा अन्य व्यक्ति र पक्षहरूकोसमेत तदारुकता हुनुपर्नेमा जोड दिए।