November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

शशी लुमुम्बुद्वारा सम्पादित पुस्तक ‘केपी शर्मा ओलीका प्राज्ञिक सम्बोधन’ लोकार्पित

सीता तुम्खेवा
२०७९ चैत्र २४

4.1K

काठमाडौं । प्राज्ञ तथा कवि शशी लुमुम्बुद्वारा सम्पादित पुस्तक ‘केपी शर्मा ओलीका प्राज्ञिक सम्बोधन’ लोकार्पण भएको छ । शुक्रबार काठमाडौंको प्रदर्शनमार्गस्थित सभागृहमा आयोजित एक कार्यक्रमबीच पुस्तक लोकार्पण भएको हो ।

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उपस्थिति सम्पन्न लोकार्पण कार्यक्रमका वक्ताहरु मुन्धुमविद तथा वरिष्ठ कवि बैरागी काइँला, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गंगाप्रसाद उप्रेती, प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलति वासुदेव त्रिपाठी, भारातका लागि नेपालका पुर्व राजदुत निलाम्बर आचर्य, त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभाग प्रमुख प्राडा कृष्ण प्रसाद घिमिरे लगायत रहेका थिए ।

उक्त कार्यक्रमलाई मुन्धुमविद तथा कवि बैरागी काइँलाले ‘डिजिटल स्वीच’ अन गरेर उद्धघाटन गरेका थिए । पुस्तकलाई कार्यक्रमका विशिष्ट अतिथिहरु बैरागी काइँला, गंगाप्रसाद उप्रेती र वासुदेव त्रिपाठीद्धारा लोकार्पण गरिएको थियो ।

Advertisement

कार्यक्रममा पुस्तकका सम्पादक शशी लुमुम्बुले किताब सम्पादन गर्नुको औचित्यमाथि प्रकाश पारेका थिए । लुमुम्बुले ओलीलाई भूगोलकै एक गौरव मान्नुपर्ने बताए । ’समकालीन नेपाली राजनीतिका सर्वाधिक प्रभावशाली राजनेता केपी शर्मा ओली राजनीतिका अतिरिक्त भाषा, साहित्य, कला, संस्कृति, सभ्यता, सम्पदा, इतिहास, धर्म, दर्शन, विज्ञानलगायतका प्रायः सबै विषयमा उत्तिकै गहन ज्ञान भएका एक विद्वान् व्यक्तित्व हुनुहुन्छ । यस्ता व्यक्तित्व दुनियाँमा बिरलै पाइन्छन् । मलाई लाग्छ; समकालीन विश्वराजनीतिक वृत्तमा नै सम्भवतः उहाँजस्तो सबै विषयमा ज्ञान राख्ने राजनेता पाउन मुस्किल छ । यसकारण केपी शर्मा ओलीलाई नेपालका मात्र नभएर यस भूगोलकै एक गौरव मान्नुपर्दछ ।’

लुमुम्बुले यश पुस्तक करिब सात बर्ष अघि सुरु गरेको कार्यको प्रतिफल रहेको पनि बताए । उनले भने, ’मैले जहिलेदेखि उल्लिखित विषयसम्बन्धी उहाँका विचार– सम्बोधनहरूलाई गम्भीरतापूर्वक ध्यान दिएर सुन्न थालेँ, अध्ययन गर्न थालेँ तब मैले उहाँलाई एक कविका रूपमा, एक कलाकारका रूपमा, एक विचारकका रूपमा, एक चिन्तक तथा एक दार्शनिक व्यक्तित्वका रूपमा पाएँ। यसरी आफूलाई विशेष महत्त्वपूर्ण लागेका उहाँका प्राज्ञिक सम्बोधनहरूलाई सङ्कलन गर्दै जान थालें । मैले यसरी करिब सात वर्षअघिदेखि सुरु गरेको सोही कार्यको प्रतिफल हो यो पुस्तक ।’

यस्तै, ‘केपी शर्मा ओलीका प्राज्ञिक सम्बोधन’ पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वकुलपति, मुन्धुमविद तथा वरिष्ठ कवि बैरागी काइँलाले यस किताबमा व्यक्त भएका विचारहरु धेरै अनमोल भएको बताए । ‘यस किताब हेर्दा धेरै सानो देखिए तापनि यसभित्र व्यक्त गरिएका विचारहरु अध्ययन गर्दै जाँदा यसभित्र धेरै अनमोल कुराहरु पाउँछौं । यो किताबमा केपी ओलीज्यूको जति पनि सम्बोधनहरु छन्, एक कुसल नेताको वक्तव्य छन् ।’, काइँलाले भने ।

पूर्वप्रधानमन्त्री ओलीले राष्ट्र र राष्ट्रियतामाथि लिएको अडानले एसियामा नेपाललाई हेर्ने दृष्टिकोण नै परिवर्तन भएको बताए । काइँलाले भने, ‘ओली यो कालखण्डमा हामीले पाएको अत्यन्तै चर्चित नेता हुन् । समसामयिक नेपाली राजनीतिमा नेताहरुबीच केपी ओलीको विशिष्ट स्थान छ । ओली स्पष्ट, दुरदर्शी, निडर र छुट्टै पहिचान भएका नेता हुन् । नेपाल–भारत सम्बन्धमा राष्ट्र र राष्ट्रियतामाथि वहाँले दिएको अडानले मुलुकको स्वाभिमान उचो बनाएको मात्र नभइ एसियामा नेपाललाई हेर्ने दृष्टिकोण नै फरक भयो ।’

यस्तै, नेपाल प्रज्ञा प्रतिस्ठानका पूर्व कुलपति गंगाप्रसाद उप्रेतीले ‘केपी शर्मा ओलीका प्राज्ञिक सम्बोधन’ पुस्तक सार्थक रहेको बताए । ‘केपी ओलीले व्यक्तिगत रुपमा देशको गौरवमय परिवेशलाई बुझेको हुँदा वहाँको प्राज्ञिक सम्बोधन सार्थक रहेको छ ।’, उप्रेतीले भने । यश पुस्तकमा एक राजनेतालाई राजनीतिक अंकगणितको हिसाबले मात्रै नपुग्ने, देशवासीलाई गौरवमय परिवेश चिनाउन सक्नुपर्छ, भन्ने अभिव्यक्ति यश पुस्तकमा पाइने उनले बताए ।

पुस्तकबारे बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति प्राडा वासुदेव त्रिपाठीले यश किताब पढ्दा एउटा रोचक निबन्ध पढेको जस्तो लागेको बताए । ‘हिजोसम्म यी सम्बोधन थिए, लिखित रुपमा आएपछि यी निबन्ध भए ।’, उनले भने । यी निबन्धलाई पढ्दा साहित्यक आनन्द प्राप्त भएको पनि उनले बताए ।

यस्तै, त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभाग प्रमुख प्राडा कृष्णप्रसाद घिमिरेले यस कृति नामले नै महत्वपूर्ण रहेको र यसमा प्राज्ञिक कुरा छन् भन्ने संकेत गरेको बताए । ‘यश पुस्तकमा कति मात्रामा प्राज्ञिकता छ भन्ने त विमर्षको विषय होला ! तर यसमा संकलित ३७ वटा आलेखहरुमध्ये कुनै पनि प्राज्ञिकताविहिन छैनन् । सबैमा नेपालको धरोरहको गौरब र प्राज्ञिक कुराहरु उल्लेखित भएका छन् ।’, उनले भने । उनले यो कृति नेपालका जुनसुकै पार्टीका व्यक्ति, प्राज्ञिक व्यक्ती सबैका लागि पठनीय रहेको पनि बताए ।

यसैगरी भारतका लागि पुर्व नेपाली राजदुत निलम्बर आचर्यले यश किताबले हाम्रो भूमिको महत्व बुझाएको बताए । उनले राजनीतिको बहुआयामिकतालाई जनतासामु पु¥याउने व्यक्ति पनि चाहिने बताउदै शशी लुमुम्बु जस्तो व्यक्तीको आवश्यकता रहेको बताए ।

सभ्यता अुनसन्धान केन्द्र र रत्न पुस्तक भण्यडारको आयोजना रहेको उक्त कार्यक्रमको संचालन कवि बुद्धि तिमल्सिनाले गरेका थिए ।