November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

विराटनगरमा मानव बेचबिखन तथा ओसारपसार अपराध अनुसन्धान तालिम समापन

1.4K

विराटनगर । विराटनगरमा मानव बेचबिखन तथा ओसारपसार अपराध अनुसन्धान तालिम सम्पन्न भएको छ । नेपाल प्रहरी मानव बेचविखन अनुसन्धान ब्युरो बवरमहल काठमाण्डौको आयोजना तथा मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम) को प्राविधिक सहयोग र आइआरइएक्सको सहयोगमा बिहीवार कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा मानव बेचबिखन तथा ओसारपसार अपराध अनुसन्धानमा संलग्न प्रहरीको लागि कानून सम्बन्धि २ दिने अनुशिक्षण तालिम समापन भएको हो ।

प्रदेश १ को प्रहरी कार्यालय विराटनगरका निमित्त प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा कोशी प्रदेशका विभिन्न प्रहरी कार्यालयहरुका २० जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Advertisement

विराटनगरको होटल स्टर्न स्टारमा चैत्र २२ गतेदेखि संचालन भएको उक्त तालिममा अधिवक्ता कृष्णप्रसाद न्यौपाने, उच्च अदालतका पूर्व न्यायाधिश अग्नी थपलिया, मानव बेचबिखन अनुसन्धान ब्युरो काठमाडांैका प्रहरी नायव उपरीक्षक सुदिपप्रसाद पाठक लगायतका प्रशिक्षकले प्रशिक्षण दिएका थिए ।