पाँचथर । पाँचथरको फिदिम नगरपालिका- ३ कान्छीदोकानमा शुक्रबार राति भएको कार दुर्घटनामा एकजनाको मृत्यू हुनका साथै तीनजना गम्भिर घाइते भएका छन् ।
ताप्लेजुङस्थित पाथिभरा देवीको दर्शन गरेर फर्कदै गरेका तिर्थयात्री चढेको कार शुक्रवार राती मेची राजमार्गको फिदिम इलाम सडक खण्ड अन्तरगत कान्छीदोकान भन्ने स्थानमा दुर्घट्नामा परेको थियो ।
प्रदेश १–०१–००१ च ९३४९ नम्बरको कार सडकदेखि करिब २ सय मिटर तल खस्दा झापाको विर्तामोड नगरपालिका १ की १८ वर्षीय रश्मि भुजेको मृत्यू भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी रश्मिलाई प्रहरीले उद्वार गरेर उपचारार्थ पाँचथर अस्पताल पुर्याउदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
कारमा सवार तीनजनाको अवस्था चिन्ताजनक रहको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक हरि खतिवडाले जानकारी दिए। उनका अनुसार घाइतेमध्ये चालक विर्तामोड १ का राजु भुजेल, उनकी ३९ वर्षीय श्रीमती लिला भुजेल ४० वर्षीया दिदी सीता भुजेल गम्भीर घाइते हुन् ।
मृतक रश्मि राजु र लिलाकै छोरी रहेको प्रहरीले जनाएको छ । राजुका १३ वर्षीय छोरा राजमोहन भुजेल भने सकुसल छन् ।
