काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को बैठक बस्ने भएको छ । आज बस्ने बैठकमा लोसपाले सरकारमा सहभागिता र वैशाख १० मा हुने उपनिर्वाचनलगायत विषयमा छलफल गर्ने जनाइएको छ ।
लोसपाले बारा क्षेत्र नम्बर २ मा वैशाख १० मा हुने उपनिर्वाचनमा उम्मेदवारी दिने तयारी गरिरहेको छ। यहाँ उम्मेदवार हुन पार्टीबाट नवलकिशोर सिंहलगायतको चर्चा छ।