November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

उमेश राईलाई अध्यक्षमा चयन गर्दै किराँत राई यायोख्खाको तेस्रो अधिवेशन सम्पन्न

आकाश शेर्पा
२०७९ चैत्र ५

2.2K

कुवेत । किराँत राई यायोख्खा कुवेतले उमेश राईलाई अध्यक्षमा सर्वसम्मत चयन गर्दै तेस्रो अधिवेशन सम्पन्न गरेको छ । तेस्रो अधिवेशनबाट ५९ सदस्सीय कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा चत्तुर भक्त राई (सबिन दुमी राई), मोहन नाछिरिङ राई, मोहन राई, निर्मला राई र माया चाम्लिङ राई चयन भएका छन् भने महासचिवमा रोशन राई, सचिवमा भूमिराज राई, सहसचिवमा कविता राई, सहसचिवमा महेन्द्र चाम्लिङ राई, कोषाध्यक्षमा अमृता थुलुङ राई, सहकोषाध्यक्षमा सुरज राई, प्रवक्तामा मानस राई, संगठन विभाक प्रमुखमा राजन चाम्लिङ राई र संगठन विभाग उपप्रमुखमा अरुण चाम्लिङ राई चयन भएका छन् ।

समितिको वरिष्ठ सदस्यहरुमा भगत राई, प्रकाश थुलुङ राई, दिक्षा थुलुङ राई, निशा राई, महेन्द्र राई, यूवराज चाम्लिङ राई, कुमारी राई चयन भएका छन् भने सदस्यमा बबिता कुलुङ राई, ममता चाम्लिङ राई, अशोक चाम्लिङ राई, भुपेन्द्र राई, रुद्रमान राई, संजय राई, दिनेश नाछिरिंग राई, अनु राई, सजना राई, डी. बी. राई, भिम साम्पाङ राई, कमला राई, उषा राई, रन्जु गुरुङ राई, भूमि ध्वज राई, प्रबिण चाम्लिङ राई, इन्सन राई, कल्पना बान्तवा राई, रोजिना राई, तारा चन्द्र राई, रामचन्द्र चाम्लिङ राई, दिलु कोयु राई, सोनु राई, संगीता राई, सुजता राई(मेरी), अन्चल राई, राजन राई, सुजा राई, अनिता राई, मनोज राई, प्रविन राई, सोना नाछिरिङ राई, अनिता दुमी राई, च्याप्ति माया राई, इन्दिरा राई, योजना कुलुङ राई र अमृत राई चयन भएका छन् ।

Advertisement

यसैगरी समितिको वरिष्ठ सल्लाहकारमा मन्जित चाम्लिङ राई र सल्लाहकारमा नैना कला राई र शुधिर राई चयन भएका छन् भने संरक्षकमा अमित चाम्लिङ राई चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष उमेश राई

कुवेतको सनैयास्थित कोहिनुर इन्टरनेशनल होटलमा अध्यक्ष मन्जित चाम्लिङ राईको सभापतित्वमा १७ मार्च शुक्रबारको दिन सम्पन्न कार्यक्रममा नेपाली राजदूतावास कुवेतका राजदूत दुर्गा प्रसाद भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यसैगरी विशिष्ट अतिथिमा किराया कुवेतका संस्थापक संरक्षक तथा गैरआवासी नेपाली संघ मध्यपुर्व उप–संयोजक अमित चाम्लिङ राई, आईसीसी सदस्य हरी लावती,गैर आवासीय नेपाली संघ समन्वय परिषद कुवेतका अध्यक्ष रणध्वज लामा, नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका उपाध्यक्ष राज मल्ल, आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ, मगर संघ कुवेत,तमु समाज कुवेत, नेपाल तामाङ घेदुङ, तमु प्लेहु संघ कुवेत, किरात याक्थुङ चुम्लुङ, सुनुवार सेवा सामाज, लगायत कुवेतमा कृयाशिल विभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार कलाकारहरुको उपस्थिति रहेको थियो ।

संस्थाको क्रियाकलापको बारेमा निवर्तमान महासचिव सुधिर राईले संस्थाका महत्वपूर्ण प्रतिवेदन प्रस्तुत गरेका थिए । जसमा संस्थाको स्थापना र गतिविधि, आर्थिक सहयोग, राजदूतावास र क्रियाशिल संघसस्थासँगको सहकार्य र समन्वय बारे समिटिएको थियो । कार्यक्रम संचालन महासचिव रोशन राईले गरेका थिए भने स्वागत मन्तव्यद्वारा अतिथिहरुलाई उपाध्यक्ष माया चाम्लिङ राईले स्वागत गरेकी थिइन् ।

निवर्तमान अध्यक्ष मन्जित चाम्लिङ राई, संस्थापक÷संरक्षक अमित चाम्लिङ राई, निवर्तमान महासचिव सुधिर राई, निवर्तमान उपाध्यक्ष नैना कला राई रहेको निर्वाचन मण्डलले नयाँ कार्यसमिति गठन गरेको थियो । निर्विरोध निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिले अध्यक्षमा उमेश राईको नेतृत्वमा ५९ जना कार्यसमिति गठन गरेको घोषणा गरेपछि सफत ग्रहण गराईएको थियो ।