विराटनगर । कोसी प्रदेश नामकरणविरुद्ध विराटनगरमा विशाल जनप्रदर्शन भएको छ । आइतबार प्रदेशका विभिन्न ठाउँबाट भएका हजारौंको संख्यामा भेला भएका पहिचान पक्षधरहरुले मुख्यमन्त्री कार्यलय घेराउ गरेका छन् ।
आन्दोलनमा उपस्थित मञ्जु थेगिमका अनुसार करिब २० हजार भन्दा बढी आन्दोलनमा सहभागि भएका छन् । विराटनगरको विजुली अफिसबाट सुरु भएको ¥याली महेन्द्र चौक हुँदै निषेधित क्षेत्र तोडेर अघि बढेको थियो । आन्दोलकारीहरुले मुख्यमन्त्रीको कार्यलयअघि पुगेर कोण–सभा गरेका हुन् ।
निशेषित क्षेत्र तोड्ने क्रममा ४ जना पक्राउ परेका छन् भने केही आन्दोलनकारीहरु घाइते भएका छन् । पक्राउ परेकाहरुलाई कार्यक्रम समापन हुनु अघि नै निःशर्त रिहाइ गर्न माग गरिएको छ । पक्राउ पर्नेहरुको पहिचान खुलिसकेको छैन ।
आन्दोलनलाई सम्बोधन गर्दै कुमार लिङ्देनले राजसंस्था पनि सडकबाटै फ्याँकिएको भन्दै अब आफरु पनि सडकमा आइसकेको बताए । उनले आन्दोलन भर्खर सुरुवात मात्रै भएको बताए । यस्तै, आन्दोलनलाई विभिन्न संघसंस्थाका पदाधिकारी, राजनीतिज्ञ लगायतले सम्बोध गर्दै कोसी प्रदेश खारेज गरी पहिचानमा आधारित प्रदेश नामकरण गर्न माग गरेका छन् ।
प्रदेश सभाले फागुन १७ गते बहुमतले प्रदेशको नाम कोशी पारित गरेको थियो । पहिचानवादीहरूले भने पहिचानलाई ख्याल नगरी दलहरूले प्रदेशको नामाकरण गरेको भन्दै विरोध गर्दै आएका छन् । प्रदेशको नाम पुनरलेखन नगरेसम्म आन्दोलन जारी रहने किरात पहिचान पक्षधरहरु बताउछन् ।
तस्वीर साभार: आवर विराटनगर
