November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतद्वारा आयोजित अभिनन्दन कार्यक्रमको भव्य तयारी

3.3K

काठमाडौं । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको अभिनन्दन ग्रहण गर्न नेपाली कविताका शिखर–साधक, विशिष्ट लेखक एवम् मुर्धन्य मुन्धुमविद् वैरागी काइँला र गायक दीप श्रेष्ठ धरान पुगिसकेका छन् ।

विहीबार पुगेका काइँलाला र श्रेष्ठलाई विराटनगर विमानस्थलको विशिष्ट कक्षबाट आयोजकले स्वागत गरी इटहरी पुर्याएको थियो । उनीहरूलाई इटहरीस्थीत संगीत साधना प्रतिष्ठानले भव्य स्वागत गरेको थियो ।

अभिनन्दन कार्यक्रमको लागि भव्य तयारी भएको कवि शशी लुमुबुले जानकारी दिए । उनका अनुसार धरानमा शनिबार विहान ११ बजे पब्लिक हाइस्कुलमा भेला भएर रथयात्राको प्रारम्भ हुनेछ । काइँलालाई रथमा राखेर माछाभौडी, भानुचोक, देशी लाइन हुँदै रथयात्रा गराइने कार्यक्रम रहेको छ । शोभायात्रा व्यानर, नौमती बाजा, येवाहरुको समूह, धिमे बाजा, साकेला, च्याब्रुङको झ्याँकसहित सैनिक भवनमा समापन हुनेछ ।

Advertisement

शोभायात्रापश्चात प्रदेश प्रमुख माननीय परशुराम खापुङको प्रमुख आतिथ्यतामा मञ्चको कार्यक्रम सुरू हुनेछ । उक्त कार्यक्रममा प्रदेशका सबै जिल्लाका प्रतिनिधित्व रहनेछ ।

कार्यक्रममा विशिष्ट संगीत साधक एवंम गायक दीप श्रेष्ठलाई प्रतिभा सम्मान र चर्चित कवि सुदीप पाख्रिनलाई प्रतिभा पुरस्कार प्रदान हुनेछ ।