दमक । झापाको विभिन्न स्थानबाट भन्सार छली गरी नेपाल भित्र्याउदै गरको अवैध सामानहरु प्रहरीले बरामद गरेको छ ।
झापाको सिमावर्ती क्षेत्रमा परिचालित इलाका प्रहरी कार्यालय काँकरभिट्टा, प्रहरी चौकी सतिघट्टा र अस्थायी प्रहरी चौकी कुटीबाट खटिएको प्रहरी गस्ती टोलीले चेक जाँचको क्रममा भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याउदै गरेको अवस्थामा घर्रामा प्रयोग हुने १५० जोर स्लाईड च्यानल, २५ के.जि. सुपाडी, कपडा र खाधान्नका सामानसमेत गरी अन्दाजि २ लाख ४० लाख ५ सय रुपैयाँ बराबरको सामान बरामद गरेको हो ।
बरामद गरेको सामान आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
