दमक । झापाको भद्रपुर नगरपालिका–३ भैंसाबाडीस्थितमा माछा मार्ने क्रममा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–१ का ४० बर्षीय राम कुमार लिम्बु रहेका छन् ।
प्रहरीका अनुसार लिम्बु आइतबार दिउँसो साढे १ बजे पोखरीमा माछा मार्ने क्रममा डुबी बेपत्ता भएका थिए । प्रहरी टोलीले पोखरीमा खोजतालास गर्दा उनी मृत अवस्थामा फेला पारेका थिए ।
मृत अवस्थामा फेला परेका लिम्बुको कानुनी प्रक्रिया पुरा गरी प्रादेशिक अस्पताल भद्रपुरमा पोष्टमार्टम पश्चात शव आफन्तलाई जिम्मा बुझाएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
