November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

एनआरएनए अमेरिकाको ‘मेम्बरसीप ड्राइभ’ कमिटीको चेयरमा पराजुली चयन

२०७९ फाल्गुन २७

2.3K

अमेरिका । गैर आवासीय नेपाली सङ्घ अमेरिकाको ‘मेम्बरसीप ड्राइभ’ कमिटीको चेयरमा उपाध्यक्ष डिलु पराजुली चयन भएका छन् ।

बिहीबार बसेको कार्यसमिति बैठकमा अध्यक्ष बुद्धि सागर सुवेदी र महासचिव अन्जन कुमार चौलागाईले उपाध्यक्ष पराजुलीलाई ‘मेम्बरसीप ड्राइभ’ कमिटीको चेयरमा प्रस्ताव गरे पछि कार्यसमितिले अनुमोदन गरेका हुन् ।

‘मेम्बरसीप ड्राइभ’ कमिटीलाई एनआरएनए अमेरिकामा निक्कै महत्त्वपूर्ण मान्ने गरिएको छ भने ‘मेम्बरसीप ड्राइभ’ कमिटीको चेयरलाई सम्भावित अध्यक्षको रूपमा हेर्ने गरिन्छ । यसै कारण मेम्बरसीप ड्राइभ कमिटीको चेयर बन्न निक्कै कडा प्रतिस्पर्धा हुने गर्दछ । वरिष्ठ उपाध्यक्ष कृष्ण जीवी पन्तले पनि मेम्बर सीप ड्राइभ कमिटीको चेयर लिने तयारी गरेका थिए ।

Advertisement

मेम्बर सीप ड्राइभ कमिटीको चेयरमा नियुक्त भएलगतै उपाध्यक्ष पराजुलीले एक प्रेस वक्तव्य जारी गर्दै सदस्यता कसरी बन्ने र कहिलेसम्म बन्न सकिन्छ भन्ने लगायतका धेरै विषयलाई प्रस्ट बनाउने कोसिस गरेका छन् । एनआरएनए अमेरिकाका २९ वटा च्याप्टर र सबै राज्यमा रहेका इकाइसँग मिलेर सदस्यता वितरणको अभिभारालाई पुरा गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।