November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

कियाचु फेदेन नगर कार्यसमितिको दोस्रो अधिवेशन सम्पन्न

२०७९ फाल्गुन २५

6.5K

फेदेन । किरात याक्थुङ चुम्लुङ फेदेन नगर कार्यसमितिको दोस्रो अधिवेशन सम्पन्न भएको छ । बुधबार पाँचथरको फेदेनस्थित चुम्लुङ्हिममा सम्पन्न अधिवेशनले देउकुमार नेम्बाङको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।

समितिको उपाध्यक्षमा वीरबहादुर केरुङ, सचिवमा सुरेन्द्र केरुङ, सहसचिवमा सुशीला जबेगु र कोषाध्यक्षमा कमला तुम्बापो नेम्बाङ चयन भएका छन् । यस्तै, सदस्यहरूमा गणेश बहादुर लिम्बू, कल्पना तुम्बापो, धनकुमारी तुम्रोक, गंगामाया तुम्रोक, पृथ्वीविक्रम इङ्वा, जयप्रसाद मेयोङ्बा, कमल तुम्रोक, महेन्द्रकुमार तुम्बापो, भीमकुमारी तुम्बापो, जयबहादुर नेम्बाङ चयन भएका छन् ।

कोसी प्रदेश’ खारेज गर्न माग गर्दै फेदेन बजार परिक्रमा

‘कोसी प्रदेश खारेज गर’ भन्ने मुल नारासहित फेदेन बजार परिक्रमा गरी गरिएको उद्घाटन समारोहमा चुम्लुङ प्रदेश अध्यक्ष मधु केरुङ, राजनैतिक दलका प्रतिनिधिहरु, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य दिलेन्द्र सुब्बा, राष्ट्रिय चुम्लुङ सदस्य सागर केरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Advertisement