काठमाडौं। लायन्स क्लब इन्टरनेशनलले शनिवार साहित्यकार दिल पौडेललाई साहित्य लेखनद्धारा नेपाली भाषा साहित्यमा योगदान पु¥याए बापत सम्मान गरेको छ । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आईद्धारा बसुन्धरामा स्थित दियालो फुडल्याण्डमा आयोजित १८ औं रिजन कन्फ्रेन्सको अबसरमा साहित्यकार दिल पौडेललाई सम्मान गरिएको हो ।
सो कार्यक्रम सिएफबी÷ओएफएलओ÷एलसिआएफ एरिया लिडर राजन लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि लम्सालले साहित्यकार पौडेललाई नेपाली भाषा, साहित्य र पत्रकारिताको क्षेत्रमा सक्रिय रही बहुआयामिक व्यक्तित्वबाट यस क्षेत्र लावान्वित भएकोले सम्मान प्रदान गरिएको बताए । ‘सम्मान कार्यक्रममा आफ्नो रिजनमा रहेको क्लबहरुलाई कुशल अभिभावकत्व प्रदान गरी पदीय दायित्व सफलतापूर्वक सम्पादन गर्न थप उर्जाशील भई लाग्ने प्रतिवद्धता सहित रिजन चेयरपर्सन लायन्स सपनी लामा रायमाझीले साहित्यकार पौडेको योगदानको चर्चा गर्दै आठ वटा साहित्यिक पुस्तक प्रकाशन गरी नेपाली साहित्यमा उल्लेखनीय योगदान पु¥याउनुका साथै सामाजिक सेवामा समर्पित रहेको, २०४८ सालदेखि सिन्धुलीको दुधौली एवं विभिन्न जिल्लाबाट प्रकाशन हुने अखबारहरुमा सम्पादक÷प्रकाशक हुँदै हाल निजामती सेवा, दुधौली प्रज्ञा प्रतिष्ठानको अध्यक्ष, दुधौली एफ.एम.को अध्यक्ष समेत रहेर समाज सेवामा योगदानको मूल्याङ्कन गरी साहित्यकार पौडेललाई सम्मान गर्न पाउनु हाम्रो सौभाग्य हो ।’, उनले भने ।

सम्मानित साहित्यकार पौडेलले आफू जीवित रहेसम्म समाजको विकृति विसंगतिको चिरफार गर्न साहित्यको माध्यमबाट निरन्तर कलम चलाउनुका साथै आवाज बिहिनहरुको आवाजको सारथी बन्ने बचनबद्धता व्यक्त गरेका थिए । उनले भने, ‘यस्ता सम्मान लेखन प्रति हौसला प्राप्त हुनका सथै थप जिम्मेवारी समेत बढाउँछ ।’
उक्त अवसरमा पौडेले आफूद्धारा सिर्जित केही गजलहरुसमेत वाचनसमेत गरेका थिए । नेपाली कविता, हाइकू, गीत, आख्यान र समालोचना विधामा सक्रिय साहित्यकार पौडेलको आठौं कृतिका रुपमा हालै “ऐलानी घाम” हाइकुसंग्रह प्रकाशितमा भएको थियो ।