काठमाडौं। ‘लिम्बुवान–किरात संयुक्त सघर्ष समिति’ले प्रदेश १ लाई ‘कोशी’ नामाकरण गरिएकोमा सशक्त प्रतिरोध गर्ने जनाएको छ । बुधबार विराटनगरमा निषेधाज्ञा जारी गरी छापामार शैलीमा कोशी प्रदेश नामाकरण गरेपछि पहिचान पक्षधरहरु आन्दोलित भएका हुन् ।
बुधबारको दिन नै भर्चुअल माध्यमबाट बसेको समितिको बैठकले आज (बुधबार) चक्का जाम गर्ने, सदरमुकाम, प्रमुख शहरहरु, चोकहरु र गाउँ–गाउमा आगो बालेर कथित कोशी नामविरुद्ध ससक्त बिरोध गर्ने निर्णय गरेको छ ।
यसैगरी बैठकले १९ गते हजारौं स्थानमा कालो झन्डा गाड्ने, आगो बाल्ने र पहिचान पक्षधर संगठनहरुसँग थप सल्लाह सुझाव लिई आन्दोलन गर्ने पनि निर्णय गरेको छ ।
बैठकको निर्णय अनुसार अहिले विभिन्न क्षेत्रमा आन्दोलन सुरु भएको छ । पूर्वी लिम्बुवान क्षेत्रबाट अहिले मुख्य सहरतिर आन्दोलनका लागि पहिचान पक्षधरहरु जाँदै गरेको एक आन्दोलनकर्मीले जानकारी दिए । किरात याक्थुङ चुम्लुङकी महासचिव निरन्ती तुम्बापोका अनुसार आज बेलबारी र भोली काठमाडौंको माइतीघर र विराटनगरमा बिरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।
