पाैष १९, काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा ओली पक्षका अखिल नेपाल राष्ट्रिय स्वातन्त्र विद्यार्थी युनियनले काठमाडाैंमा प्रदर्शन गरेकाे छ ।
उनीहरुले प्रदर्शनमा ‘ नेपाल कम्युनिस्ट पार्टी हाम्रै हो, सूर्य चिह्न हाम्रै हो, केपी शर्मा ओली जीन्दवाद, प्रचण्ड तेराे पाराले दु:ख पायाे साराले, प्रचण्ड चाेर देश छाेड्’ भन्दै नारा लगाएका छन् ।
विषम परिस्थितिमा जनताका पक्षमा लडेका नेतालाई षडयन्त्रपूर्वक हटाउन देशीविदेशी शक्ति लागेकाले स्वतस्फूर्त प्रदर्शन गरिएको उनीहरुले बताए । प्रदर्शनमा अनेरास्ववियुका विद्यार्थी र युवा संघका नेता सहभागी थिए । यसअघि पाेखरा र झापामा पनि प्रधानमन्त्री ओलीका समर्थकहरुले प्रदर्शन गरेका थिए ।