काठमाडौं । निर्मला कुर्मीका लागि न्याय माग गर्दै माइतीघर मण्डलामा अनशनरत बाँकेका महिलाहरु र सरकारबीच तीन बुँदे सहमति भएको छ ।
आज गृह मन्त्रालयसँग तीन बुँदे सहमति भएसँगै ४८ दिनदेखि माइतीघरमा अनशनरत महिलाहरु घर फर्कने भएका छन् ।
उनीहरूबीच घटनाको अनुसन्धान गरी दोषीमाथि मुद्दा चलाउने, ४८ दिनदेखिको आन्दोलन स्थगित गर्ने र आन्दोलनरत पक्षको सुरक्षाका लागि सुरक्षा निकायले समन्वय गर्ने सहमति भएको छ । सहमतिसँगै उनीहरूको आन्दोलन फिर्ता भएको छ ।