बिराटनगर । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको लागुऔषध न्यूनिकरण कार्य योजना “म सक्छु” अभियान–२०७९ अन्र्तगत बिहीवार झापा र मोरङका सिमावर्ती क्षेत्रमा रहेका ८० जना लागुऔषध सेवन कर्ताहरुलाई मनोसामाजिक परामर्श सेवा प्रदान गरिएको छ ।
लागुऔषध ओसारपसार, बिक्रिवितरण तथा दुव्र्यसनलाई न्यूनीकरण गर्ने लक्ष्य अनुसार बिहीवार दिउँसो बिराटनगर–१६ स्थित क्यानको भवनमा इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले ५० जना लागुऔषध सेवन कर्ताहरुलाई मनोसामाजिक परामर्श सेवा प्रदान गरेका थिए ।
यस्तै झापाको भद्रपुर, मेचिनगर–६ मेचि पुल स्थितमा रहेको होल्डिङ सेन्टर र बुद्धशान्ति गाउँपालिकास्थित बुधबारे चोकमा रहेको अस्थायी होल्डिङ सेन्टरमासमेत गरी ३० जना लागुऔषध सेवन कर्ताहरुलाई मनोसामाजिक परामर्स सेवा प्रदान गरीएको थियो ।

