November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

अमर नेम्बाङ स्मृति पुरस्कार श्रवण मुकारुङ र प्रेम ओझालाई प्रदान

1.9K

पाँचथर । स्व. अमर नेम्बाङ लिम्बु स्मृति स्रष्टा पुरस्कार बरिष्ठ साहित्यकार श्रवण मुकारुङ र प्रेम ओझालाई प्रदान गरिएको छ । फाल्गुनन्द गाउँपालिकाका तत्कालीन अध्यक्ष तथा साहित्यकार अमर नेम्बाङको स्मृतिमा स्थापित १ लाख रुपैँया रासिको उक्त पुरस्कार संयुक्त रुपमा प्रदान गरिएको हो ।

अमर नेम्बाङ लिम्बु स्मृति प्रतिष्ठान र याक्थुङ लेखक संघको संयुक्त आयोजनामा बिहीवार पाँचथरको सदरमुकाममा फिदिममा एक समारोह आयोजना गरी पुरस्कार वितरण गरिएको छ । मुकारुङ र ओझालाई ५०/५० हजार रुपैँया नगदको पुरस्कार प्रदान गरीसम्मान गरिएको हो ।

स्व. अमर नेम्बाङ लिम्बुको चौथो स्मृतिदिवसको अवसरमा प्रदान गरिएको पुरस्कार तथा सम्मान ग्रहण गर्दै साहित्यकार मुकारुङले साहित्य साधक, राजनीतिका महत्वपूर्ण विचारक तथा नेताको नामको पुरस्कार पाउँदा आफू हर्षित भएको बताए ।

Advertisement

साहित्यकार नेम्बाङको पाँचथरको फाल्गुनन्द गाँउपालीकाको अध्यक्ष भएकै बेलामा निधन भएको थियो । गतवर्ष यस पुरस्कारबाट लेखकद्वय शारदा सुब्बा र बिना थिङ पुरस्कृत भएका थिए । २०७७ मा डा.गोविन्दराज भट्टराई र वीर नेम्बाङ, २०७६ मा डा.देवी क्षेत्री दुलाल र मुनाराज शेर्मालाई यो पुरस्कार प्रदान गरिएको थियो ।