November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

पूर्वन्यायाधीश ओमकार उपाध्याय नक्कली शैक्षिक प्रमाणपत्रमा दोषी ठहर

1.7K

काठमाडौँ — पूर्वन्यायाधीश ओमकार उपाध्याय नक्कली शैक्षिक प्रमाणपत्रमा दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीशहरू यमुना भट्टराई‚ बलभद्र बास्तोला र खुसीप्रसाद थारुको संयुक्त इजलासले बिहीबार पूर्वन्यायाधीश उपाध्यायलाई नक्कली प्रमाणपत्रमा दोषी ठहर गरेको हो ।

उपाध्यायले भारतबाट स्नातक उत्तीर्ण गरेको प्रमाणपत्र ल्याएर नेपाल ल क्याम्पसबाट बीएल गरेका थिए । उनीविरुद्ध २०७६ जेट १९ मा न्यायपरिषद्ले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । मुद्दा दर्ता हुँदा उपाध्याय जिल्ला अदालत तनहुँमा न्यायाधीशको रुपमा कार्यरत थिए । मुद्दा दर्ता भएपछि उनले राजीनामा दिएका थिए ।

न्यायपरिषद्‌मा उजुरी परेपछि अनुसन्धानको क्रममा भारतबाट ल्याएर स्नातक उत्तीर्ण गरेको प्रमाणपत्र नक्कली ठहर भएको थियो । उपाध्यायलाई दोषी ठहर गर्दै इजलासले उनलाई ३ हजार रुपैयाँ जरिवाना तोकेको अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले बताए ।

Advertisement

उनी २०६३ असार २३ गते न्यायाधीशमा नियुक्त भएका थिए ।