November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

आठ स्रष्टाद्धारा लिखित आठ हाइकुसंग्रह लोकार्पण

1.7K

काठमाडौं । आठजना स्रष्टाद्धारा लिखित आठवटा हाइकुसंग्रहरूको लोकार्पण भएको छ । गत शुक्रबार ललितपुरको सातदोबाटोस्थित युनिभर्सल क्याफेमा सम्पन्न एक कार्यक्रमबीच स्वदेश तथा विदेशमा रहेका श्रष्टाहरुको आठ संग्रहको विमोचन गरिएको हो ।

नेपाल हाइकु केन्द्रद्धारा प्रकाशित क्रमशः दिव्य गिरीको ‘भुइँकुहिरोु, नीता श्रेष्ठको ‘नित्य नूर’ पशुपति कर्माचार्य (न्युजिल्याण्ड)को ‘जाई’ पुरु सुवेदी(अमेरिका) को ‘कमलु’ प्रमोद सारंग (कोरिया) को ‘असर्र्फी‘ मन्जु ज्ञवालीको ‘ट्युलिप’ डा.यादवप्रसाद ढुङ्गानाको ‘सूर्यमुखी र विमल गिरी (बेल्जियम)को ‘सुनाखरी’ हाइकुसंग्रह संयुक्त रुपमा लोकार्पण भएका हुन् । आठवटै संग्रह मोबाइल आकारका छन् ।

८ जना श्रष्टाका ८ ओटा हाइकुसंग्रहहरु

नेपाल हाइकु केन्द्र, काठमाडौंको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति एवं प्राडा केदारभक्त माथेमाको प्रमुख अतिथ्यता र नेपाल हाइकु केन्द्रका अध्यक्ष प्राध्यापक रामकुमार पाण्डेको सभापतित्व रहेको थियो ।

Advertisement

कार्यक्रममा लोकार्पण भएका हाइकुसङ्ग्रहमाथि हाइजिन मित्रबन्धु पौडेलले टिप्पणी राखेका थिए भने संग्रहका स्रष्टाहरू दिव्य गिरी, पुरु सुवेदी, प्रमोद सारंग, मन्जु ज्ञवाली र डा.यादवप्रसाद ढुङ्गानाले विमोचित हाइकुसङ्ग्रहबाट संक्षिप्त मन्तव्यसहित आ–आफ्ना पाँचपाँच ओटा हाइकु वाचन गरेका थिए ।

साहित्य सञ्चार नेपालका प्रचार, प्रसार तथा सूचना संयोजक शिरोमणी दवाडीले सञ्चालन गरेका उक्त लोकार्पण समारोहमा हाइकुविज्ञ पुष्कर लोहनी, प्रकाश ए.राज, डा.बमबहादुर जिताली, श्रीरामसिंह बस्नेत, सीताराम अधिकारी, गोधूली दिनेश, अशोकमान सिंह, मित्रबन्धु पौडेल, गुप्तबहादुर श्रेष्ठ, विजयराज आचार्य, शान्ति सापकोटा, आदेश आचार्य आदिको उपस्थिति रहेको थियो ।