काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कूलपति वैरागी काइँलाद्धारा लिखित पुस्तक ‘तङ्सिङ् तक्मा मुन्धुम’ (आख्यान, अनुष्ठान र विधि विधान) को दोस्रो संस्करण सार्वजनिक भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानद्धारा प्रकाशित यस पुस्तकको पहिलो सस्करण २०५२ मा प्रकाशित भएको थियो । ४६४ पृष्ठ रहेको यस पुस्तकको मूल्य ५ सय ६५ रहेको छ । पुस्तक नेपाल प्रज्ञा–प्रतिष्ठानको विक्री कक्षमा उपलब्ध रहेको जनाइएको छ ।
आयामेली कवि तथा नेपाली/लिम्बुभाषा लेखक काइँलाको ‘वैरागी काइँलाका कविताहरु’ कवितासंग्रह–२०३१, काइँलाका महागुरु फाल्गुनन्दको उपदेश र सत्यहाङमा भजन माला (धर्म संस्कृति, २०४७), साप्पोक चोमेन (लिम्बू जातिमा कोख–पूजा, लिम्बू–नेपाली, २०४८), नाहेन मुन्धुम: ईर्ष्या र आँखीडाहीको आख्यान र अनुष्ठान (लिम्बू – नेपाली, २०५१), साम्सोधा मुन्धुम (प्रेतात्माको आख्यान र अनुष्ठान, लिम्बू–नेपाली, २०५१), ससिक मुन्धुम (मोचमार्ने आख्यान र अनुष्ठान, लिम्बू–नेपाली, २०५२) तङसिङ तक्मा मुन्धुम (आख्यान र अनुष्ठान, लिम्बू– नेपाली २०५२), नावा चइत् मुन्धुम (लिम्बू–नेपाली, २०६०), अन्धा मान्छेहरू र हात्ती (कवितासङ्ग्रह, २०६८) लगायतका पुस्तकहरू प्रकाशित छन् ।