काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने मैदानमा फर्किएका छन् । सन्दीपलाई आजबाट नेपाली क्रिकेट टिमको बन्द प्रशिक्षणमा रहने भएका छन् । नाबालिग बलात्कारको अभियोगमा ९९ दिन जेल बसेर हालै जेलमुक्त भएका सन्दीप आइसिसी विश्वकप लिग–२ अन्तर्गत खेलका लागि बन्द प्रशिक्षणमा रहने भएका हुन् ।
आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्डबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपलाई समेट्दै दोस्रो चरणको राष्ट्रिय क्रिकेट टिम घोषणा गरेको छ ।
तर आज शुक्रबारकै दिन लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्धाको पहिलो सुनवाई हुँदैछ । नाबालिग बलात्कारको अभियोग लागेका लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश बदर गर्न माग गर्दै सन्दीपविरुद्ध महान्यायाधीवक्ताको कार्यालयले सर्वोच्च अदालतमा दिएको निवेदन दिएको थियो ।