November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

बाल्टिमोरमा चलिरहेको कारमा ५ जनामाथि गोली प्रहार

1.8K

न्यूयाेर्क ।  बाल्टिमोरमा शनिबार कारमा रहेका ५ जना यात्रुलाई गोली हानिएको घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । घटना शनिबार साँझ ६ः३९ बजे भएको थियो ।

एक महिलाले कार चलाइरहेको बेला गोली हानिएपछि कार दुर्घटना समेत भएको प्रहरीले बताएको छ । पेन्सिलभेनिया एभिन्यू र लरेन्स स्ट्रीटमा उक्त घटना भएको हो ।

प्रहरीले घटनास्थलमा दुई वयस्क पुरुष, एक वयस्क महिला, र एक २ वर्षीय बालकलाई फेला पारेको थियो । ती सबैलाई बन्दुकको गोली लागेको चोट थियो ।

Advertisement

गोली काण्डपछि कार दुर्घटनामा परी घाइते भएकामा अर्का ६ वर्षीय बालक समेत छन् । उनलाई भने गोलीको चोट नभएको जनाइएको छ ।

उनीहरुलाई तत्शाल अस्पतालमा लगिएको थियो, जहाँ एक वयस्क पुरुषलाई पीडितलाई मृत घोषित गरिएको छ । वयस्क महिला र अन्य वयस्क पुरुष गम्भीर अवस्थामा छन्। २ वर्षीय बालकको अवस्था स्थिर रहेको बताइएको छ ।