November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

डोनाल्ड ट्रम्पमाथिको प्रतिबन्ध हटाउने फेसबुकको निर्णय

1.9K

काठमाडाैं । फेसबुकले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यक्तिगत फेसबुक एकाउन्ट पुनर्स्थापित गर्दैछ । जनवरी ६ को क्यापिटल हिल दंगापछि लगाइएको दुई वर्षको निलम्बन समाप्त गर्दै फेसबुकले ट्रम्पमाथिको प्रतिबन्ध खारेज गर्ने भएको हो ।

फेसबुकले बुधवार एक ब्लग पोस्टमा डोनाल्ड ट्रम्पमाथि फेसबुक र इन्स्टाग्राममा लगाइएको प्रतिबन्ध आगामी साताहरुमा हटाइने बताएको छ । तर ट्रम्पले थप उल्लङ्घन सामग्री पोस्ट गरेमा सामग्री हटाइने र उल्लङ्घनको गम्भीरतामा निर्भर गर्दै ट्रम्पको एकाउन्टमा एक महिनादेखि र दुई वर्षको सम्मको प्रतिबन्ध लगाइने फेसबुकले जनाएको छ ।

जनताले उनीहरूका राजनीतिज्ञहरूले के भनिरहेका छन् सुन्न सक्षम हुनुपर्ने फेसबुकले बताएको छ । राजनीतिज्ञहरु राम्रो, नराम्रो र कुरूप जे भएपनि मतदाताले उनीहरुको भनाई सुनेर मतपेटिकामा उचित छनोटहरू गर्न सक्ने मेटाका ग्लोबल अफेयर्सका उपाध्यक्ष निक क्लेगले लेखेका छन् । जब वास्तविक हानिको लागि स्पष्ट जोखिम हुन्छ, त्यतीबेला भने मेटाले हस्तक्षेप गर्ने उनले बताएका छन् ।

Advertisement

ट्रम्पले क्यापिटल हिल दंगामा संलग्न व्यक्तिहरूको प्रशंसा गरेकोमा जनवरी ७ मा ट्रम्पको फेसबुक एकाउन्ट खारेज गरेको थियो । फेसबुक संसारको सबैभन्दा ठूलो सामाजिक सञ्जाल साइट मात्र होइन, ट्रम्पको अभियानको लागि कोष सङ्कलनमा राजस्वको एक महत्वपूर्ण स्रोत थियो, जसले २०१६ र २०२० मा कम्पनीको विज्ञापनहरूमा लाखौं डलर खर्च गरेका थिए ।

फेसबुकले प्रतिबन्ध हटाउन गरेको निर्णयबारे ट्रम्पले भनेका छन्- ‘फेसबुक, जसले तपाईको मनपर्ने राष्ट्रपतिलाई प्ल्याटफर्मबाट हटाएपछि अर्बौं डलरको मूल्य गुमाएको छ । भर्खरै घोषणा गरेको छ कि उनीहरूले मेरो खाता पुनर्स्थापित गर्दैछन्। वर्तमान राष्ट्रपति वा बदलाको योग्य नभएको व्यक्तिसँग यस्तो घटना फेरि कहिल्यै नहोस् ।’