काठमाडौं । बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा रियल सोसिडाडलाई १-० ले हराएर बार्सिलोना अन्तिम चारमा पुगेको हो ।
बार्सिलोनाको जितमा ओसुमाने डेम्बेलेले निर्णायक गोल गरे ।
डेम्बेलेले खेलको ५२ औं मिनेटमा गोल गरे । यस्तै खेलको ४० औं मिनेटमा ब्रैस मेन्डेजले रातो कार्ड पाएपछि सोसिडाड १० खेलाडीमा समेटिएको थियो ।
यस्तै ओसासुनाले समेत सेमिफाइनलमा स्थान पक्का गरेको छ ।
ओसासुनाले सेभियालाई अतिरिक्त समयमा २-१ ले हराएर अन्तिम चारको यात्रा तय गरेको हो ।